सुहाङसंग फाइनल म्याच खेल्दै खड्का

गणेश घिमिरे
बैशाख ४, इलाम 
इलाम २ मा बैशाख १५ गते हुने उपचुनाव संघारमा छ । यो चुनावमा पनि बिगतमा जस्तै काँग्रेस र एमालेलाई मुख्य प्रतिष्पर्धीको रुपमा हेरीएको छ । तर यी दुई ठूला दललाई चुनाव जित्न भने त्यति सजिलो भने पक्कै छैन । काँग्रेसबाट पार्टीका जिल्ला सभापति डम्बर खड्का र एमालेबाट स्वर्गीय सुबासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई मुख्य प्रतिष्पर्धी ठानिएको हो । खड्का २०७९ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतको झिनो अन्तरले पराजित बन्नु भएको थियो ।             पिता नेम्वाङसँग टेस्ट म्याच खेलेका खड्काले अब ‘फाइनल खेल’ छोरा सुहाङ नेम्वाङसँग खेल्नुपर्ने भएको छ । यद्यपि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु र पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्र थेगिम पनि कांग्रेस– एमालेका लागि भोट काट्ने चुनौती बनेर उभिएका छन् । २०७९ को चुनावमा एमालेका नेम्बाङले ३० हजार २० र कांग्रेसका खड्काले २९ हजार ९०६ मत ल्याउनुभएको थियो । यो पटक पनि कांग्रेसले पुरानै उम्मेदवार खड्कालाई नै २०७९ को निर्वाचनमा कम्पाट पाएको भन्दै पुनः एकपटक मौका दिएको छ । 
        उम्मेद्धार खड्काको छोटो परिचय 
खड्का इलाममा २०३२ सालमा जन्मिएका हुन् । कलिलै उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उहाँ किसान परिवारमा हुर्किएका व्यक्ति हुन् । सात पुस्ता इलाम बस्नुभएका उहाँहरु इलाम क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन् । २०७९ को प्रतिनिधि सभा अघि २०७४ मा प्रदेश सांसद लड्नु भएका खड्कालाई यी दुवै चुनाव फापेन । खड्काको राजनीतिक यात्रा भने करिब चार दशकभन्दा बढी भइसकेको छ । निर्माण ब्यबसायसंगै राजनीतिमा सक्रिय खड्काले अहिले आफ्नो व्यवसाय छोराहरुलाई सुम्पिनु भएका ४९ वर्षिय अहिल राजनीतिमा सक्रिय हुनुन्छ । आदर्श उच्च मावि इलाममा नेविसंघको सभापति भएर राजनीतिक यात्रा सुरु गर्नुभएका खड्काले  प्रजातन्त्र प्राप्तिका लागि ०४६ सालको आन्दोलन र २०६२–०६३ को जनआन्दोलनमा जेल जीवन समेत बिताउनु भएको थियो । नेविसंघको जिल्ला सभापतिदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय उपाध्यक्षसम्म हुनुभएका खड्का पार्टीको राजनीतिमा फर्किएर इलाम जिल्ला कोषाध्यक्ष हुँदै हाल जिल्ला सभापति हुनुन्छ । खड्कालाई देउवा निकट भनेर चिनिए पनि उहाँ गुटविहीन राजनीति गर्नुपर्छ भन्नेमा विश्वास गर्नुहुन्छ । इलाम २ को भूगोल बुझेका खड्का आफ्नो क्षेत्रका जनताको हरेक घरघर पुग्नु भएको छ । राजनीति गर्नुपर्ने मान्छेले जनताका हरेक समस्या थाहा पाउनुपर्ने उहाँको मान्यता छ । उहाँले यस प्रदेशको नाम सर्बस्विकार्य हुनुपर्ने आवाज उठाउँदै आउनु भएको छ । 
 

प्रतिकृया दिनुहोस

बजार अनुगमन थाल्यो इलाम नगरपालिकाले, २० हजार मूल्य बराबरको सामान जफत

गणेश घिमिरे असोज २१, इलाम  नेपालीहरुको महान चाड बिजयदशमी सुरु भएसंगै इलाम बजार क्षेत्रको बजार अनुगमनलाई तिब्रता दिन थालिएको छ । ठूला चाडबाढ

इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै

गणेश घिमिरे असोज १६, इलाम  नेपालीहरुको महान पर्व दशैं तिहारजस्ता चाडपर्व नजिकिएसंगै इलामको सडक सुरक्षामा सरोकारवाला गम्भिर बन्दै गएका छन् ।

फूटबल प्रतियोगितामा खेलाडी बीमा गर्न आयोजलाई फूटबल संघको आव्हान, बीमा नगरिएको प्रतियोगिता नखेल्न खेलाडीलाई आग्रह

गणेश घिमिर असोज १५, इलाम  नेपालीहरुको महान पर्व बिजयदशमि नजिकिँदै गर्दा इलामका गाउँ गाउँमा फूटबल प्रतियोगिताहरु सुरु भइसकेको छ भने कतै सुरु हुने